उत्तर कोरियाली नेता किम जोङ उनले चाडै भियतनामको भ्रमण गर्ने

एजेन्सी

शनिबार, ११ फागुन २०७५, १२ : ४३
उत्तर कोरियाली नेता किम जोङ उनले चाडै भियतनामको भ्रमण गर्ने

हनोइ । उत्तर कोरियाली नेता किम जोङ उनले भियतनामको औपचारिक भ्रमण चाडै नै गर्न लाग्नु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले शनिबार जनाएको छ । 
भियतनामको राजधानी हनोईमा अगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनबीच हुन गइरहेको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनामले गर्न लागेको छ । 
केही दिनपछि नै किम जोङ उनले भियतनामको औपचारिक भ्रमण गर्न लाग्नु भएको भियतनामको विदेश मन्त्रालयले शनिबार जानकारी दिएको छ । 
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीचको बहुप्रतिक्षीत पहिलो शिखर बैठक गत वर्षको जुन १२ मा सिङ्गापुरमा भएको थियो । 
दोस्रो शिखर बैठक भने पटक पटकको तयारीपछि यही फेब्रुअरी २७ र २८ मा भियतनामको हनोइमा हुन लागेको छ । सोही सम्मेलनको लागि उत्तर कोरियाली नेता किम भियतनामको औपचारिक भ्रमण जान लाग्नु भएको हो । यस बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने अनुमान गरिएको छ ।  (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस