वीर अस्पतालको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, १७ : ३०
वीर अस्पतालको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु

काठमाडौं । वीर अस्पतालको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । 

काम गर्ने क्रममा बिहीबार लिफ्ट चुँडिदा निर्माणाधिन भवनमा काम गर्ने मजदुर सप्तरी जिल्लाका २० वर्षीय भूमिकुमार चौधरी र २५ वर्षीय नवीन कुमार चौधरीको मृत्यु भएको हो । सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको अवस्था पनि गम्भिर छ ।

गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस