सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्,– पानी छिट्टै काठमाडौं आइपुग्छ

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, १५ : १४
सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्,– पानी छिट्टै काठमाडौं आइपुग्छ

काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभामा बैठकमा सांसदहरुले मेलम्चीबारे गरेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीको काम सम्पन्न हुने चरणमा पुगेको भन्दै मेलम्चीको पानी चाँडै काठमाडौं आउने बताइन्  ।

मन्त्री मगरले इटालियन ठेकेदार सिएमसी कम्पनी फिर्ता भएपछि केही अन्यौलता सिर्जना भएपनि सरकार त्यसको समाधानको प्रयासमा रहेको जवाफ दिइन । त्यसक्रममा उनले बाँकी मेलम्चीको काम कोमार्फत गराउने भन्नेमा सरकार गृहकार्यमा रहेकाले त्यो प्रकृया पुर्याएर चाँडै निश्कर्षमा पुग्ने बताइन् । 

मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको भन्दै उनले यस आयोजनामा कसैको गिद्दे नजर पर्न नदिने बताइन् ।
सांसदहरुले खानेपानी मन्त्रालयबाट हालै सरुवा गरिएका सचिव गजेन्द्र ठाकुरले मन्त्रीले कमिसन खान खोजेको आरोप लगाएका विषयमा पनि प्रश्न गरेका थिए । मन्त्री मगरले त्यस विषयमा आफूले नभई सम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताइन् ।

मन्त्री मगरलाई ६ जना सांसदहरुले प्रश्न गरेका थिए । उनीहरुले मन्त्रीले नै मेलम्चीको पानी आउने समयसीमा पटक–पटक कटेको भन्दै पानी कहिले आउँछ भनेर प्रश्न गरेका थिए ।  जवाफमा मन्त्री मगरले मेलम्चीको पानी आउने समयसीमा तोकेपनि सिएमसी कम्पनीले आयोजना छोडेर गएकाले ढिलाई भएको भन्दै विधिवत रुपमा समाधान खोज्ने र पानी ल्याएरै छोड्ने बताइन् ।
उनले सिएमसी पुन फर्कने वा नर्फकने निश्चित नभएकाले रिटेण्डर आह््वान गरेर भएपनि मेलम्ची पानी ल्याएरै छोड्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस