दिपक चौलागाइको गीत ‘सिङ्गल मिङ्गल’ सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, १५ : ०२
दिपक चौलागाइको गीत ‘सिङ्गल मिङ्गल’ सार्वजनिक

काठमाडौं । गायक दिपक चौलागाइको ‘सिङ्गल मिङ्गल’ बोलको गीत सार्वजनिक भएको छ । 
अस्ट्रेलियामा छायांकन गरिएको गीतमा हाइ फाइभ कृउको डान्स रहेको छ । गीतमा मिलन बिष्टको शव्द र नविन रावलको संगीत रहेको छ । गीतमा शैलेश हमाल, रीह शर्मा र गौरव घिमिरेले कोरियोग्राफी गरेका छन् ।

शैलेश हमाल, सब्बु बास्तोला, गौरव घिमिरे, रिह शर्मा, निश्चल खड्का, अन्जु भण्डारीको अभिनय रहेको म्युजिक भिडियो सबिन किशोर मैनालीको निर्देशनमा बनेको हो । 

 

प्रतिक्रिया दिनुहोस