चितवन । चितवनमा बन्ने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले आर्थिक सहयोग गर्न आह्वान गर्नुभएको छ । गो फन्ड मीमार्फत उहाँले आर्थिक सहयोगका लागि आह्वान गर्नुभएको हो ।
केही महिनाअघि औपचारिक रुपमै घोषणा गरिएको यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको शैलीमा निर्माण हुनेछ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तलीले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ मार्फत आर्थिक रकम संकलन गरिरहेका छन् ।
‘हामीले यसलाई दीर्घकालीन हिसाबले रंगशाला सञ्जालनमा आउने उद्देश्यले परिकल्पना गरेका हौँ,’ धुर्मुसले आह्वान गर्दै भनेका छन्, ‘क्रिकेट मात्र नभएर अन्य विधाका खेल पनि खेल्न मिल्ने गरी यसको निर्माण थालेका छौँ ।’
यो समाचार तयार पार्दासम्म गो फन्ड मीमा एक सय ६० डलर जम्मा भइसकेको छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि ३ अर्ब हाराहारीमा लाग्नेछ । धुर्मुस–सुन्तलीले रंगशाला निर्माणकै लागि केही हप्ताअघि विदेशका विभिन्नमा पुगेर कार्यक्रम समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० फागुन २०७५, ११ : ५२
लेखकबाट थप