अनमोल केसीले भने, नम्रता श्रेष्ठसँग फिल्म खेल्न चाहान्छु

सफल खबर संवाददाता

विहीबार, ०९ फागुन २०७५, १९ : ४८
अनमोल केसीले भने, नम्रता श्रेष्ठसँग फिल्म खेल्न चाहान्छु

चितवन  । नेपालमा चलेका नायक हुन् अनमोल केसी । उनको अभिनय रहेको चलचित्र ‘क्याप्टेन’ फागुन १७ गतेदेखि देशभर प्रर्दशनमा आउँदैछ ।
नेपाली सिने क्षेत्रमा होस्टल रिर्टन, ड्रिम्स, गाजालु, कृ जस्ता सफल चलचित्र दिईसकेका केसी यस चलचित्रलाई महत्वका साथ हेरिएको छ ।
चलचित्रको प्रचार प्रसारका लागि बिहीबार चितवन आईपुगेका केसीले पत्रकार माझ नयाँ कुरा सार्वजनिक गरेका छन् । सबै चलचित्रहरुमा नव नायिकाहरुसँग अभियन गरेका उनले नायिका नम्रता श्रेष्ठसँग स्क्रिन सेयर गर्ने ईच्छा रहेको बताएका छन् ।
‘पुराना नायिकाहरुसँग काम गर्ने ईच्छा छ’ उनले भने,‘ कतिपयसँग उमेर नमिलेकै कारण स्क्रिन सेयर गर्न पाएको छैन । मौका मिले सबैसँग काम गर्न तयार छु ।’
नायक केसीले इच्छा लाग्दैमा रोजेको नायिकासँग काम गर्न नपाउने बताए । उनले अगाडि थपे फिल्म को सँग खेल्ने भन्ने हात फिल्ममेकरको हुन्छ । अहिले फिल्म क्याप्टेसमा नायिका निरुता सिंहसँग काम गरेको भन्दै उनले पुराना नायिकाहरुमा नम्रता श्रेष्ठसँग काम गर्ने इच्छा लागेको बताए ।
चलचित्र ‘ड्रिम्स’ मा सँगै काम गरकी नायिका साम्रज्ञी आरएल शाहसँग फेरि नयाँ फिल्म आउने सम्भावना रहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस