बांग्लादेशको बाक्लो बस्तीमा आगलागी हुँदा ६० जनाको मृत्यु

एजेन्सी

विहीबार, ०९ फागुन २०७५, ०९ : २६
बांग्लादेशको बाक्लो बस्तीमा आगलागी हुँदा ६० जनाको मृत्यु

बीबीसी । बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा ६० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन् ।

घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन् । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुसार राति १० बजपछि आगो लागेको हो। त्यहाँबाट १२ जनाको शव निकालिएको छ । मृतकको सङ्ख्या बढ्न सक्छ ।

राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो ।

कारण
हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो । आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए। आगो करिब नियन्त्रणमा आएको बताइएको छ ।
महानिर्देशक खानका अनुसार पूर्ण नियन्त्रणपछि भवनमा खोजी गरिनेछ । आगो लाग्नुको कारण थाहा भएको छैन ।

खानले भने, "केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन् । तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ । त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो ।"

उनले साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा अप्ठ्यारो परेको पनि बताए ।
 

प्रतिक्रिया दिनुहोस