करणले गरे गली ब्वायको तारिफ

बुधबार, ०८ फागुन २०७५, १९ : १०
करणले गरे गली ब्वायको तारिफ

अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘गली ब्वाय’ले प्रदर्शनको ५ दिनमा ८० करोड भारुभन्दा माथिको व्यापार गरिसकेको छ । फिल्मलाई दर्शकदेखि समीक्षकसम्मले निकै रुचाएका छन् ।

रणवीरका साथमा आलिया भट्ट र कल्की केकलाँ मुख्य भूमिकामा रहेको फिल्म हेरेर निर्माता तथा निर्देशक करण जौहर निकै भावुक भएको खबर भारतीय मिडियाले सम्प्रेषित गरेका छन् । फिल्म हेरिसकेपछि करणले रणवीर र आलियाको निकै तारिफ गरेको बताइन्छ । उनले आफ्नो इन्स्टाग्राममा रणवीर र आलियाको फोटोसहित पोस्ट गरेका छन् ।

उनले ‘गली ब्वाय’मा रणवीरको अभिनयले थरथर कमाउने उल्लेख गरेका छन् भने आलियाको प्रशंसा गर्दै भनेका छन्, ‘सफिनाको भूमिकामा तिमी ज्वालामुखीजस्तो देखिएकी छ्यौ, जसले पर्दामा यस कुराको उत्साह बढाइरहन्छ कि उनी अब के गर्नेछिन् ।’

भ्यालेन्टाइन डेको मौकामा रिलिज भएको गली ब्वायको निर्देशन जोया अख्तरले गरेकी हुन् । भारतमा मात्र ३३ सय ५० स्क्रिनमा रिलिज भएको फिल्मले आक्रामक व्यापार गरिरहेको छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस