चितवन । कुनैबेला उपचार नै नहुने भनी मानिएको क्यान्सरको पनि उपचार हुन्छ । विज्ञान र प्रविधिमा भएको चमत्कारले उपचार नै हुन नसक्ने भनी कहलिएको क्यान्सर जस्तो डरलाग्दो रोगको पनि उपचार सम्भव बनाइदियो । यसको अर्थ यो कदापि होइन – क्यान्सर पूर्ण रुपमा निको हुन्छ, यसलाई सखाप नै बनाउन सकिन्छ । क्यान्सर लागेपछि नियमित औषधि तथा चेकजाँच गरेपछि यो सँगै लडेर जीवनलाई अगाडि बढाउन सहज हुन्छ ।
यस्तै क्यान्सर मध्ये मलद्वार र मुत्र नलीको क्यान्सर पनि एक हो । बुधबार स्टोमा सेवा समाज चितवनको ११ औ साधारण सभा कार्यक्रममा अस्पताल समितिलाई आफ्ना गुनासोहरु पाखेका छन् । क्यान्सर अस्पतालबाट सेवा लिने विरामीहरुले अस्पतालले मलद्वार र मुत्र नलीको क्यान्सरका विरामीहका लागि सेवा सुविधालाई विस्तार गर्न आग्रह गरे । स्टोमा सेवा समाज चितवनका अध्यक्ष देविलाल ढकालले बुधबार मात्रै उपलब्ध सेवालाई सातै दिन बनाउन सुझाव दिए । क्यान्सर अस्पतालमा ‘एटिक्भिटिज अफ स्टोमा क्लिनिक’ बुधबार मात्रै सञ्चालनमा आउँछ । अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले कोलोस्टोमी ब्याग प्रयोग गर्ने विरामीहरुका लागि अस्पतालले सेवालाई विस्तार गर्ने बताउनुभयो । मलद्वारको क्यान्सरका लागि कृतिम मलद्वारको निर्माण भईसकेको बारे अस्पतालकी नर्सिङ सुपरभाईजर सरोजीनी शर्माले जानकारी दिनुभयो ।
भरतपुरस्थित विपि कोइरालमा क्यान्सर अस्पतालका अनुसार अहिले मलद्वार र मुत्र नलीको क्यान्सरका ६४५ जना विरामीहरुले सेवा लिईरहेका छन् । जसमध्ये ५४१ जना मलद्वार र ११३ मुत्र नलीको क्यान्सरका विरामी छन् । उनीहरुले अस्पतालबाट कोलोस्टोमी लिने गरेका छन् । अमेरिकाका विद्यार्थीहरुले खर्च कटाएर जम्मा गरेको पैसाबाट अष्टोमेट एशोसियसन अमेरिकामार्फत कोलोस्टोमी ब्यागहरु यहाँ आउने गरेका छन् । वार्षीक रु ४ करोड ब्याग भरतपुर क्यान्सर अस्पतालमा मात्रै आउने गरेको छ । अस्पतालले यो ब्याजलाई प्रतिगोटा रु २० का दरले विरामीलाई दिने गरेको छ । राम्रोसँग प्रयोग गर्न सके कोलोस्टोमी ब्यागलाई एक हप्तासम्म प्रयोग गर्न सकिने स्टोमा सेवा समाज चितवनका सचिव मिनबहादुर अछामेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस