काठमाडौं । नेपालयले सञ्चालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेरि सुरु हुने भएको छ । लामो अन्तरालपछि सुरु हुन थालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी नेपालयले गराएको छ ।
सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका सर्जकहरू प्रस्तुत भइसकेका छन् । अंग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम यसपालि भने महिनाको अन्तिम सप्ताहन्त शुक्रबार, शनिबार र आइतबार तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोका आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको नेपालयले जानकारी गराएको छ । यो महिना फेब्रुअरी २२, २३ र २४ मा नेपालयको साबिककै कार्यक्रमस्थलमा कार्यक्रम हुने बताइएको छ । – नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस