बलिउड अभिनेत्री सोनम कपुरले दोस्रोपटक आफ्नो नाम बदलेकी छन्। उनले ट्विट अकाउन्ट र इन्स्टाग्राममा आफ्नो नाम बदलेकी हुन्।
सोनमले पहिलोपटक सन् २०१८ मेमा आनन्द आहुजासँग विवाह गरेपछि नामको पछाडि पतिको थर राखेर ‘सोनम कपुर’बाट ‘सोनाम कपुर आहुजा’ बनाएकी थिइन्। उनले विवाह भएको नौ महिनामा फेरि नाम बदल्दै पतिको थर मात्र हटाएकी होइनन्, सोनाम कपुर आहुजालाई बदलेर ‘जोया सिंह सोलंकी’ बनाएकी छन्।
सोनम हिजोआज आफ्नो नयाँ फिल्मको तयारीमा छिन्। अभिषेक शर्माको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘द जोया फेक्टर’ रहेको छ। अनुजा चौहानको किताबमा आधारित फिल्ममा उनको नाम पनि ‘जोया सिंह सोलंकी’ नै छ।
यसअघि सोनम ‘एक लड्की को देखा तो ऐसा लगा’मा देखिएकी थिइन्। अनिल कपुर, राजकुमार राव, जुही चावला अभिनीत उक्त फिल्म बक्स अफिसमा भने खासै जमेको थिएन।अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस