बलिउडका चर्चित एवं लोकप्रिय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । एउटा गीतको सुटिङका लागि नेपाल आएका सोनुको स्वास्थ्यमा समस्या देखिएपछि उनी नर्भिक अस्पताल भर्ना भएका हुन् । सुटिङमा व्यस्त सोनुको ढाडमा समस्या देखिएको र पीडा सहन नसकेपछि उनी आज साढे एक बजे नर्भिक अस्पताल भर्ना भएका हुन् । उनको रक्तजाँच तथा एक्स-रे गरिएको र एमआरआई पनि गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ । उनको समस्या हेर्दा उनी आज अस्पतालमै बस्नु पर्ने देखिएको अस्पतालको भनाई छ । यदि एमआरआईको रिपोर्ट राम्रो आए उनलाई डिस्चार्ज मिल्नेछ । यसअघि पनि सि फुड खाँदा एलर्जीको कारण अस्पताल भर्ना भएका उनी सन्चो भउलगत्तै सुटिङका लागि नेपाल आएका हुन् ।
सोनु निगम बलिउडका गायक मात्र नभई नायक पनि हुन् । उनले केही फिल्महरुमा अभिनय पनि गरेका छन् भने झरना ब्रजर्चायसंग लभ इन नेपाल नामक फिल्ममा काम पनि गरेका छन् भने केही नेपाली फिल्मका लागि गीत पनि गाएका छन् जसमा ‘सिमाना’ फिल्मको “उकाली ओराली गर्दे” सर्वाधिक रुचाईएको गीत हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ फागुन २०७५, १७ : ३१
लेखकबाट थप