काठमाडौं । नेपाली सिने उद्योगका व्यक्त नायिकाहरु हुन् वर्षा राउत र वर्षा शिवाकोटी । यी दुईको नाम र काम एउटै भएकाले दर्शकहरु भुक्किएको पाईन्छ ।
वर्षा राउत र वर्षा शिवाकोटीले नेपाली चलचित्रमा सँगसँगै जस्तो डेब्यु गरका थिए । यी दुईको फिल्महरु पनि एउटै अनुपातमा आईरहेका छन । चर्चाको हिसाबले दुवै जना खासै तलमाथि छैनन ।
फागुन २ गते वर्षा राउतले नायक सञ्जोग कोइरालासँग बिहे गरेपछि वर्षा शिवाकोटीलाई विवाह कहिले गर्नुहुन्छ भन्ने प्रश्न आउन थालेको छ ।
आइतबार काठमाडौंको क्युज हलमा फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक कार्यक्रममा वर्षा शिवाकोटी पनि उपस्थित थिइन् । ट्रेलर रिलिजपछि वर्षालाई सोधियो – ‘वर्षा राउतले त बिहे गर्नुभो, तपाईंले कहिले गर्ने?’
पत्रकारको यस्तो प्रश्नले हल गुञ्जयमान भयो । जवाफमा वर्षाले मुसुक्क मुस्कुराउँदै भनिन, ‘मैले बिहे गर्ने पार्टनर नै पाएको छैन, अनि मैले कसरी बिहे गर्नु ?’ उनलाई पत्रकारले फेरि सोधे, ‘भनेपछि तपाईंले कसैलाई मन पराउनुभएको छैन ?’
वर्षाले भनिन, ‘खै मलाई कसैले मन नै पराउँदैन, कसैले अप्रोच नै गर्दैन । खोज्दिनुस् न’
वर्षा शिवाकोटीले ‘पशुपति प्रसाद’, ‘नाइँ नभन्नू ल’ ‘लप्पन छप्पन’, ‘भैरे’, जस्ता सफल चलचित्रमा अभिनय गरी सकेकी छिन् । यतिबेलो उनी फिल्म ‘वीर विक्रम २’ को छायांकन व्यस्त छिन् ।
प्रतिक्रिया दिनुहोस