पूर्वराजा ज्ञानेन्द्रले भने, देश झन्झन् कमजोर बन्यो

सफल खबर संवाददाता

मंगलबार, ०७ फागुन २०७५, १३ : ०९
पूर्वराजा ज्ञानेन्द्रले भने, देश झन्झन् कमजोर बन्यो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश झन्झन् कमजोर बन्दै गएको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा शाहले विज्ञप्तिमार्फत आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको दाबी गरेका छन् ।
पछिल्लो समय आम नागरिकमा हिनताबोध विकास भएको, देश छाडेर विदेशिने मोह पलाएको, देशप्रतिको निष्ठामा कमी आएकाले देश झन् कमजोर बनेका उनको भनाइ छ । केही समय मनौ रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसर पारेर आफ्नो यस्तो धारणा बाहिरा ल्याएका हुन् । उनले आफूले केही समयअघि गरेको देश भ्रमणमा जनताले हित, सुरक्षा तथा विकासको अनुभूति गर्न नपाएको आफूले महसुस गरेको समेत बताएका छन् ।

‘हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो,’ शाहको विज्ञप्तिमा उल्लेख छ । उनले पछिल्लो समयमा मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुगेको दाबी गर्दै सनातनिक धर्म, संस्कृति र आफ्नै मौलिक आदर्श र मान्यता समेत धर्मान्तरको प्रक्रियाबाट आक्रान्त भएको कहालिलाग्दो दुःखद अवस्था देखापरेको बताएका छन् । आज प्रजातन्त्र दिवस देशका विभिन्न ठाउँमा विभन्न कार्यक्रम गरेर मनाइँदै छ ।

 

प्रतिक्रिया दिनुहोस