कश्मीर आक्रमणपछि आतिफ असलमलाई आफ्नो चलचित्रबाट हटाए सलमान खानले

सोमबार, ०६ फागुन २०७५, २० : २९
कश्मीर आक्रमणपछि आतिफ असलमलाई आफ्नो चलचित्रबाट हटाए सलमान खानले

जम्मू कश्मीरको पुलवामा भएको आक्रमणबाट अहिले भारत आतंकित छ। बलिउडका सेलिब्रेटिहरु यो कदमको निन्दा गरिरहेका छन्।

बलिउडका कलाकारले यो घटनामा शहिद भएका सैनिक परिवारलाई सहयोग गरिरहेका छन्। कलाकार सलमान खान पनि सहयोग गर्नबाट पछाडि रहेनन्।

तर सलमान खानले आउँदै गरेको चलचित्र ‘नोटबुक’ बाट पाकिस्तानी गायक अतिफ असलमलाई निकालेका छन्। यो चलचित्रको निर्माता हुन्।

पिंकभिलाको एक रिपोर्टका अनुसार मुताबिक सलमानले आफ्नो प्रोडक्सन हाउसको चलचित्रबाट अतिफको गीत हटाउने कुरा गरेका छन्।

यो भन्दा अगाडि टिसिरिजले अतिफको गीत युट्युबबाट अनलिस्ट गरेको थियो।

पुलवामा आक्रमणपछि बलिउडमा भएका पाकिस्तानी कलाकारहरु रिसको शिकार भइरहेका छन्। पाकिस्तानी कलाकारलाई भारतमा व्याण्ड गर्न थालिएको छ।

 

प्रतिक्रिया दिनुहोस