म हिन्दी होइन हिन्दू हुँ : प्रियंका

सोमबार, ०६ फागुन २०७५, २० : ०९
म हिन्दी होइन हिन्दू हुँ : प्रियंका

बलिउड अभिनेत्री प्रियंका चोपडा वर्ष २०१८ मा सर्च इन्जिन गुगलको अगाडि रहिन् । यसको प्रमुख कारण अमेरिकी गायक तथा अभिनेता निक जोनससँगको विवाह नै हो ।

हिले प्रियंका हलिउड फिल्ममा अवसर खोज्दै छिन् । हालै उनको हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक ?’ रिलिज भयो । फिल्मलाई लिएर एक म्यागजिनले यसका कलाकारसँग कुराकानी गरेको छ । फिल्म प्रमोसनका क्रममा म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा प्रियंकालाई सोधिएको थियो, ‘के उनी हिन्दी हुन् ?’ प्रियंकाले भनेकी छिन्, ‘हिन्दी एक भाषा हो र म हिन्दू हुँ, यो एक धर्म हो, यसमा सानो फरक छ, बस तपाईंले आफूलाई अलि शिक्षित बनाउनुस् ।’

साथै, प्रियंकालाई ‘रानी हो ?’ भनेर सोधिएको सवालमा आफू रानी नै भएको तर दुनियाँले थाहा पाउन आवश्यक नभएको बताइन् । उनले भनेकी छिन्, ‘किनभने, फिल्ममा म आफ्नो पात्रलाई मन पराउँछु, म एक रोल मोडल हुँ ।’ नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस