१२ हजार भन्दा बढी कर्मचारीको समायोजन सूची सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०६ फागुन २०७५, १७ : ३७
१२ हजार भन्दा बढी कर्मचारीको समायोजन सूची सार्वजनिक

काठमाडौँ । सरकारले १२ हजार भन्दा बढी कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवारसमूह गरी उपसचिवदेखि नायब सुब्बासम्मका कर्मचारीहरुको समायोजन सूची प्रकाशित गरेको हो ।

मन्त्रालयले कर्मचारीको रोजाई अनुशार संघ, प्रदेश र स्थानीय तहमा समायोजित भएर जाने कर्मचारीको विवरण सिम्बोल नम्बर अनुशार हेर्न सकिने व्यवस्था मिलाएको छ ।

विवरण हेर्नको लागि  https://samayojan.gov.np/site/result-published क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस