त्रिवि उपकुलपति कार्यालय घेर्न पुगे अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)

सफल खबर संवाददाता

सोमबार, ०६ फागुन २०७५, १४ : १०
त्रिवि उपकुलपति कार्यालय घेर्न पुगे अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)

काठमाडौं । विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सोमबार स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाब दिँदै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ गरेका हुन् । फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचन उपकुलपतिले नेपाल विद्यार्थी संघको मिलेमतोमा टार्ने काम गरेपछि त्यसको विरोधमा कार्यालय घेराउ गरिएको अनेरास्ववियूका सचिव आरसी लामिछानेले बताए । 

सचिव लामिछानेले चैत्र १४ गते भित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारीविरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि उनले दिए ।
निर्वाचनको कार्यतालिका आजै (सोमबार) सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ । सोही कार्यतालिका अनुसार स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेकोमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)को आपत्ति छ । 

प्रतिक्रिया दिनुहोस