भुवन प्यासीको नयाँ गीत ‘माईली’ बजारमा

सोमबार, ०६ फागुन २०७५, ११ : ४१
भुवन प्यासीको नयाँ गीत ‘माईली’ बजारमा

चितवन । गायक तथा संगीतकार भुवन प्यासीको शब्द र संगीत रहेको ‘माईली’ बोलको गीत बजारमा आएको छ । गीतमा भुवन प्यासीलाई स्वरमा गायिका सुरुचि पन्थीले साथ दिएकी छिन् । नेपाली संगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक प्यासीको यो गीतमा परदेशमा रहेका श्रीमानले श्रीमतीको सम्झनामा झारेको आँशु र बेदनालाई भिडियोमा देखाइएको छ । मार्मिक यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेकी मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतमा अन्जलीसँगै गायक प्यासीको पनि अभिनय छ ।
निकेश खड्काले निर्देशित गीतको म्युजिक भिडियामा उत्तम हुमागाई र सन्तोष सुनारको छायांकन रहेको छ । भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । यसअघि गायक प्यासीको ‘हल्का हल्का’, ट्राफिक जाम जस्ता सफल गीतहरु बजारमा आईसकेका छन् ।

भिडियो हेर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस