आशा नगरेको फिल्मबाटै कंगना हिट

आइतबार, ०५ फागुन २०७५, २० : ०५
आशा नगरेको फिल्मबाटै कंगना हिट

सन् २०१४ मा आएको फिल्म ‘क्विन’बाट कंगना रनौत सुपरस्टार बनेकी थिइन् । यस फिल्मलाई लिएर कंगनाको खुब प्रशंसा भएको थियो । उनले नायकविना पनि फिल्म चल्न सक्छ भनेर प्रमाणित गरिदिइन् । ‘क्विन’बाट कंगनाले राष्ट्रिय अवार्ड पनि जितिन् ।

यो फिल्म यस्तो युवतीको कहानी थियो, जसलाई श्रीमान्ले बिहेको दिन छाडिदिन्छ । यसपछि ती युवती एक्लै हनिमुन मनाउन विदेश जान्छिन् । अभिनयअघि क्विनको स्क्रिप्टलाई कंगनाले बकवास बताएकी थिइन् । हालै कंगनाले एक अन्तर्वार्ताका क्रममा सो फिल्मसँग जोडिएको केही रहस्य खोलेकी छिन् । उनले भनेकी छिन्, ‘मैले मात्र होइन, जुन अभिनेताले क्विनको स्क्रिप्ट पढेका थिए, उनले यही भनेको थिए कि फिल्मको कहानी बकवास छ ।’

उनले यो फिल्म सबैका लागि एक ठूलो पार्टी भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘निर्देशकले भनेका थिए कि यस फिल्मलाई लिएर ज्यादा तनाव नलिनू ।’ निर्देशक स्वयंले पनि गम्भीर भएर फिल्मलाई नलिएको कंगनाले रहस्य खोलिन् ।

फिल्मको निर्देशक विकास बहल थिए । १२ करोडको लागतमा बनेको फिल्मले एक सय २० करोड रुपैयाँ कमाएको थियो । फिल्ममा कंगनाका साथै राजकुमार राव र लिसा हेडन मुख्य भूमिकामा थिए । अहिले कंगनाको ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ले सय करोड कमाइसकेको छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस