काठमाडौं । पछिल्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् । पछिल्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको ूईलिजेन्ट ब्राईडल फेयरू नामक फेशन शो तथा फेयरमा आकार्शक रुपमा प्रस्तुत भएकी हुन् । फरिया डिजाईनले काठमाडौं ठमेलस्थित छाया कम्प्लेक्समा आयोजना गरेको उक्त फेशन शोको शो स्टपर्सको रुपमा प्रस्तुत भएकी निताले फरिया फेशनका सबै प्रकारका डिजाईनहरु उत्कृष्ट रहेको बताईन् ।
उक्त फेशन शोमा ४० जना विभिन्न उमेर समुहका मोडलहरुले र्याम्प नापेका थिए । कार्यक्रममा ५ बर्ष देखि ३५ बर्ष उमेर समुहका मोडेलहरुको सहभागीता थियो । वेष्टर्न वेडिङ्ग गाउनका विभिन्न आकार्शक स्टलहरुले कार्यक्रममा थप रौनक दिएको थियो । कार्यक्रममा फ्री मेकअप, फुड टेस्टिङ का स्टलहरु पनि राखिएको थियो । विवाह समारोह तथा दुलहीले प्रयोग हुने वेष्टर्न गाउनको नेपाली बजारमा पनि डिमान्ड रहेको र वेष्टर्न गाउन प्रेमिहरुको लागि यस् कार्यक्रमको आयोजना गरिएको फरिया फेशनकी निर्देशक नेहा गिरीले बताईन् । फरिया फेशनको स्टोर जमलस्थित विश्वज्योती मलमा अवस्थित रहेको छ । यस् शो को कोरियोग्राफी सपना राई तथा आरती प्रधानको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ फागुन २०७५, १९ : २७
लेखकबाट थप