‘लुट्न सके लुट..’ लाई फेरि यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

सफल खबर संवाददाता

आइतबार, ०५ फागुन २०७५, १८ : ४८
‘लुट्न सके लुट..’ लाई फेरि यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले  ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।  
प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मासहितको उपस्थितिमा आइतबार बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो । 

शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ प्रतिष्ठानद्वारा जारी विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस