मनकामना केवलकारको मर्मत सकियो, भोलीदेखि सञ्चालनमा आउने

सफल खबर संवाददाता

आइतबार, ०५ फागुन २०७५, १६ : १३
मनकामना केवलकारको मर्मत सकियो, भोलीदेखि सञ्चालनमा आउने

चितवन । मनकामना केवलकारको गोरखामा रहेको टप स्टेशनको मर्मत कार्य पुरा भएको छ । शनिबार साँझ चट्याङले टप स्टेशनका विद्युतीय सामाग्रीमा क्षति पुगेपछि आईतबार केवलकारको सेवा अवरुद्ध बनेको थियो ।
आईतबार विहानदेखि मर्मतका लागि खटिएको टोलीले आज दिउँसो मर्मत कार्य सबै पुरा गरेको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले सफल खबरलाई जानकारी दिनुभयो ।
‘चट्याङले क्षति पु¥याएको पाटपुर्जाको मर्मत भयो’ उहाँले भन्नुभयो,‘भोलीदेखि नियमित सञ्चालनमा आउँछौ । आज सेवा अवरुद्ध भएकोमा हामी दुखी भएका छौ ।’
चट्याङले केवलकारको टप स्टेशनमा रहेको मेशिनहरुमा लाखौ रुपैयाँको क्षति पु¥याएको उहाँले बताउनुभयो ।
नेपालको पहिलो यस केवलकारले चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरलाई जोड्ने काम गरेको छ । केवलकारबाट दैनिक हजारौंको संङ्ख्यामा यात्रा गर्ने गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस