साम्राज्ञीले गरिन अनमोल केसीको प्रसंशा, स्क्रिन सेयर गर्न तयार

आइतबार, ०५ फागुन २०७५, १४ : ४४
साम्राज्ञीले गरिन अनमोल केसीको प्रसंशा, स्क्रिन सेयर गर्न तयार

काठमाडौँ । ‘ड्रिम्स’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी साम्राज्ञी आरएल शाहले अनमोल केसीसँग स्क्रिन सेयर गर्न तयार रहेको बताएकी छिन् । ‘ड्रिम्स’ पछि केही फिल्ममेकर्सले अनमोल र साम्राज्ञीको जोडी फेरि बाँध्ने प्रयास गरे पनि कहिले साम्राज्ञी त कहिले अनमोलले नकार्दै आएका थिए ।
‘अहिलेसम्म प्रस्ताव चाहिँ आएको छैन’ उनी भन्छिन्, ‘यदी प्रस्ताव आएको खण्डमा स्क्रिप्ट राम्रो छ भने म अनमोलसँग काम गर्न सधैं तयार छु ।’ उनले स्क्रिप्ट मन परे आफूलाई अनमोलसँग काम गर्न समस्या नभएको बताइन् ।
उनले फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको अनमोल अभिनीत फिल्म ’क्याप्टेन’ को ट्रेलर हेरेको र निकै मन परेको पनि प्रतिक्रिया दिइन् । केही समय अगाडि फिल्म ’इन्टु मिन्टु लण्डनमा’ को विषयमा जानकारी दिन पोखरामा आयोजित एक कार्यक्रममा उनलाई पत्रकारले सोधेका थिए ’तपाईंलाई हिट हुन फेरि अनमोल केसी नै चाहिएको हो ।’ उनले जवाफमा आफूलाई हिरो नभएर हिरोलाई आफू चाहिने अभिव्यक्ति दिइन् । यो कुराले अनमोल र भुवन केसी उनीप्रति रुष्ट रहेको सिनेवृतमा चर्चा छ ।
नेपाली फिल्ममा निकै कम जोडी छन, जसलाई दर्शकले पटक–पटक स्क्रिनमा हेर्ने चाहना व्यक्त गरिरहेका हुन्छन् । त्यसमध्येको एक सर्वा्धिक रुचाइएको पेयरिङ हो अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी आरएल शाह । यी दुईले फिल्म ’ड्रिम्स’ मा रोमान्स गरेका थिए । यो फिल्म साम्राज्ञीको डेब्यू थियो । भने, भुवन केसीको पहिलो निर्दे्शित फिल्म थियो ।
‘ड्रिम्स’ मा उनी अनमोलमाथि नै हाबी भएकी थिइन् । यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएपछि उनले करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । आफ्नो जीवन्त अभिनयले छोटो समयमा नै नेपाली फिल्ममा आफ्नो दबदबा कायम सफल उनी अहिले नवल नेपालको निर्देशनमा बन्न लागेको फिल्म ’मारुनी’ मा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस