विश्वका घुम्नलायक शहरहरुमा काठमाडौं पाँचौ स्थानमा

सफल खबर संवाददाता

आइतबार, ०५ फागुन २०७५, १४ : ४८
विश्वका घुम्नलायक शहरहरुमा काठमाडौं पाँचौ स्थानमा

काठमाडौं । विश्वका घुम्नलायक १० उत्कृष्ट शहरहरुमा काठमाडौं पाँचौ स्थानमा परेको छ । चर्चित गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नै पर्ने १० शहरको सूची सार्वजनिक गर्दै नेपालको काठमाडौंलाई पाँचौ स्थानमा राखेको हो । अष्ट्रेलियाको मेलबर्नमा अवस्थित यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नैपर्ने देशका शहरको सूची तयार पार्ने गरेको छ ।

काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई पछि पारेको छ । सन् २०१९ मा घुम्नै पर्ने शहरको सूचीको पहिलो स्थानमा डेनमार्कको केपेनहेगन रहेको छ । दोस्रो नम्बरमा चीनको सेन्झेन, तेस्रोमा सर्बियाको नोभी साड, चौथोमा युएसएको मायामी रहेको छ । छैटौं स्थानमा मेक्सिकोको मेक्सिको सिटी, सातौंमा सेनेगलको डकार, आठौंमा अमेरिकाको सिएटल, नवौंमा क्रोएशियाको जादार र १० औं स्थानमा मोरोक्कोको मेक्नेस रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस