अर्जुन क्षेत्री ज्योतिषी नभएको खुलासा, पत्रकार सम्मेलनमा माफी मागे(भिडियोसहित)

सफल खबर संवाददाता

आइतबार, ०५ फागुन २०७५, १४ : १९
अर्जुन क्षेत्री ज्योतिषी नभएको खुलासा, पत्रकार सम्मेलनमा माफी मागे(भिडियोसहित)

काठमाडौँ । पछिल्लो समय ज्योतिषी हुँ भन्दै समाजिक सञ्जालमा भाइरल भएका अर्जुन क्षेत्री ज्योतिषी नभएको खुलासा भएको छ । उनीबारे विभिन्न टिका टिप्पणी आएसँगै नेपाल ज्योतिष परिषदले आयोजना गरेको पत्रकार सम्मेलन क्षेत्रीले आफू ज्योतिषी नरहेको स्वीकार गरेका छन् । ज्योतिषीहरुको संगठन विश्व ज्योतिष महासंघ, दक्षिण एशियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद्ले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्षेत्रीले धेरै जस्तो विषयमा शास्त्रको मान, मर्यादा उल्लंङघन भएकाले यस्तो घटना नदोहोरिने प्रतिबद्धता व्यक्त गरे ।
क्षेत्रीले आँफुले गरेका भविष्यवाणीहरुका विषयमा बोल्न पाएको कुनै पनि विषय शास्त्र सम्मत प्रमाणित गर्न नसकेपछि आँफुबाट गल्ती भएको स्विकारे ।
ज्योतिष शास्त्रको प्रसंगलाई तर्क संगतले ब्याख्या गर्न नसकेपछि उनले आँफुले गरेका भविष्यवााणीहरु ध्यानको आधारमा भएको भन्दै विषयलाई विषयान्तर गर्न समेत पछि परेनन् । सो अवसरमा बोल्दै प्राध्यापक डाक्टर लक्ष्मी बराल गुरुले क्षेत्रीले दिएको तर्कमा कुनै तार्किक ज्योतीषिय आधार र शास्त्रसंगत तर्क नभएको र शास्त्र विपरित भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्राध्यापक बरालले आगामी दिनमा यस्ता किसिमका भ्रामक शैलीमा चामत्कारिक तवरले भविष्यवाणी गरिएको भेटीएमा त्यसको अनुगमन गरी कानुन अनुसार कारवाही गरिने समेत चेतावनी दिनुभयो ।

त्यस्तै सो अवसरमा बोल्दै गण्डकी प्रदेशका नेपाल ज्योतिष परिषदका महासचिव कमल पौडलले क्षेत्रीले गरेका भविष्यवाणीहरु शास्त्रगत विपरित भएको बताउँदै आगामी दिनमा यस्ता किसिमका गतिबिधिहरु नर्गन सुझाव समेत दिनुभयो । पौडलले आम जनमानसमा ज्योतिष शास्त्रलाई आधार मानेर विश्वसनिय ज्योतीषिहरुसँग मात्र सल्लाह, सुझाव र सेवा लिएर मार्ग निर्देशन गर्न सुझाव दिनुभयो। भिडियो हेर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस