राहत फतेह अलि खान र आतिफ अस्लमको गीत युट्युवबाट किन हटाइयो ?

आइतबार, ०५ फागुन २०७५, १३ : ३८
राहत फतेह अलि खान र आतिफ अस्लमको गीत युट्युवबाट किन हटाइयो ?

टिसिरिजले पाकिस्तान गायकसंग मिलेर निकालेको गीत युट्युवबाट हटाएको छ । कश्मिर घटनापछि बिषेशगरी राज ठाकरेको संगठनले पाकिस्तानी कलाकारहरुसंग काम रोक्न र नमाने कडा कारवाही गर्ने चेतापनीपछि म्युजिक कम्पनीहरुले गीतहरु हटाउन थालेका छन् ।
केही दिन अघिमात्र उक्त कम्पनीले राहत फतेह अलि खान र आतिफ अस्लमको गीत युट्युवबाट हटाएको छ । उनीहरुले मोदीलाई समेत पाकिस्तानसंग बदला लिनै पर्ने आवाजहरु उठाईरहेका छन् भने पाकिस्तानका हरेक कुराहरु भारतमा प्रतिबन्ध लगाउनु पर्ने माग पनि उठिरहेको छ । आजै पाकिस्तानको बिदेश मन्त्रालयको वेभसाईटसमेत भारतीय ह्याकरहरुले ह्याक गरिदिएका छन् । उक्त घटनाले भारत र पाकिस्तानबीच झनै जटिलताहरु आईरहेका छन् । यसबीच बलिउडबाट पनि पाकिस्तानी कलाकारहरुलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको छ ।
यसअघि सन २०१६ मा पनि उरी हमला हुदा उक्त संगठनले पाकिस्तानी कलाकारहरुलाई भारत छोड्न ४८ घण्टाको अल्मिेटम दिएका थिए । हुन त यसअघि पनि भारत र पाकिस्तानको सिमामा भएका आतंककारी हमलापछि भारत र पाकिस्तानबीच कुटनितीक मात्र होईन सांस्कृतिक सम्बन्ध पनि तोडिएको थियो तर पछि फेरी सांस्कृतिक सम्बन्धमा सुधार आएको थियो तर पुलवा घटनापछि भने छिट्टै बलिउडमा काम गर्न पाकिस्तानी कलाकारहरुका लागि त्यती सहज भने हुने छैन ।

 

प्रतिक्रिया दिनुहोस