चट्याङ पर्दा मनकामना केलवकारको टप स्टेशनमा क्षति, आईतबार सेवा बन्द रहने

सफल खबर संवाददाता

आइतबार, ०५ फागुन २०७५, ०८ : ०२
चट्याङ पर्दा मनकामना केलवकारको टप स्टेशनमा क्षति, आईतबार सेवा बन्द रहने

चितवन । नेपालको पहिलो केवलकार मनकामना केवलकारमा शनिबार साझ ५ः३० बजे परेको चट्याङले टप स्टेशनमा क्षति पुगेको छ । स्टेशन क्षति पुगेकाले मर्मतका गर्न आईतबार केवलकारको सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
यात्रुहरुको सुरक्षा र मनकामना केवलकार प्रालिको मापदण्ड अनुसार मर्मत भएपछि मात्रै केवलकारको सेवा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो ।
प्राविधिक टोलीले विहानदेखि नै मर्मतको काम सुरु भएकाले सोमबारदेखि सेवालाई पुनः सञ्चालनमा ल्याईने उहाँले जानकारी दिनुभयो । स्टेशनमा कति क्षति पुगेको छ भन्नेबारे मर्मत सम्पन्न भएपछि मात्र विवरण आउने श्रेष्ठले बताउनुभयो ।
केवलकार बन्द भएपछि भक्तजनहरुलाई पर्न गएको असुविधाप्रति दुखित भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस