महालक्ष्मीको बीमा प्रोडक्ट : लगानी फिर्तादेखि एकको दुईसम्म

सफल खबर संवाददाता

शनिबार, ०४ फागुन २०७५, १३ : ०१
महालक्ष्मीको बीमा प्रोडक्ट : लगानी फिर्तादेखि एकको दुईसम्म

चितवन l पछिल्लो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आक्रामक योजनाका साथ बजार बिस्तारमा जुटेको छ । यसले लगानी फिर्ता म्यादी बीमादेखि एकको दुई (डबल सावधिक बीमा) सम्मका प्रोडक्ट बीमा बजारमा ल्याएको छ ।

महालक्ष्मी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गत माघ २७ गतेबाट कारोबार सुरु गरिएको जानकारी दिँदै बीमा समितिबाट १३ वटा शाखाको स्वीकृति पाइसकेको जानकारी दिनुभयो । उहाँले काठमाडौं, पोखरा, वीरगञ्ज र चितवनमा शाखा कार्यालय खोलिएको जानकारी दिँदै दुई वर्षभित्र सबै जिल्लामा पहुँच पु¥याइने बताउनु भयो ।

दुई अर्ब अधिकृत पुँजी रहेको यस कम्पनीको एक अर्ब ४० करोड चुक्ता पुँजी रहेको छ । बाँकी ६० करोड रुपैयाँ साधारण शेयर जारी गरेर संकलन गरिने कम्पनीले जनाएको छ । यस कम्पनीका संस्थागत लगानीकर्तामा मेगा बैंक, ज्योति विकास बैंक, ओम डेभलपमेण्ट बैंक, महालक्ष्मी विकास बैंक र एक्सेल डेभलपमेण्ट बैंक रहेका छन् । कम्पनीले आफ्नो कारोबारको पुनर्बीमा म्युनिख रिसँग र अनिवार्य पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीसँग गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सावधिक बीमा, डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा लगायतका प्रोडक्ट बजारमा ल्याएको छ ।

यसैबीच, महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार भरतपुरमा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, वरिष्ठ अभिकर्ता प्रबन्धक वीरेन्द्र न्यौपाने र चितवन शाखा प्रबन्धक रामप्रसाद भुषालले कम्पनी र बीमा प्रोडक्टबारे जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस