बिहीबार संसारभर प्रेमदिवस मनाइयो । बलिउड सेलेब्रिटीले पनि भ्यालेन्टाइनलाई खास बनाएका छन् । केही कलाकारले आफ्नो पार्टनरसँगको तस्बिर र मीठा क्याप्सन सार्वजनिक गरे ।
ऐश्वर्या राय बच्चनले आफ्नो परिवारको तस्बिर सार्वजनिक गरिन् । उनले क्याप्सन लेखेकी छिन्, ‘भ्यालेन्टाइन प्रेमी–प्रेमिकाका लागि मात्र होइन, यो पर्व परिवारसँग प्रेम देखाउनका लागि पनि हो ।’
सोनम कपुर र आनन्द आहुजाको विवाहपछि यो पहिलो भ्यालेन्टाइन हो । सोनमले आफ्नो इन्स्टाग्राममा पति आनन्दसँगको रोमान्टिक पोजको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘ह्याप्पी भ्यालेन्टाइन्स डे माइ लभ, मैले तिमीलाई सम्झिरहेको छु, चाँडै भेटौँला ।’
बलिउड अभिनेत्री शिल्पा सेट्टीले पति राज कुन्द्रासँगको सुन्दर भिडियो सार्वजनिक गरेकी छिन् । भिडियो सेयर गर्दैै लेखेकी छिन्, ‘मेरो भ्यालेन्टाइन, मिस यु । हाम्रो यो पहिलो भ्यालेन्टाइन हो, जो हामीले साथमा मनाउन पाएनौँ । तिम्रो साथमा हरदिन यो पर्व मनाउन प्रतीक्षा गरिरहेकी छु ।’
करण जौहरले पनि आफ्नो तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘म ४६ वर्षदेखि प्रेमको खोजीमा छु । अब यो प्रेमका मेरा लागि फिर्ता हुने समय हो । मैले उसलाई खोज्न आवश्यक छ ।’
अहिलेका चर्चित अभिनेता राजकुमार रावकी प्रेमिका पत्रलेखाले पनि दुईजनाको तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा छन् । दुवैले प्रायः एक–अर्कासँगको तस्बिर सार्वजनिक गरिरहन्छन् । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस