नेपाल क्यान्सर केयर फाउण्डेसनलाई कम्प्युटर हस्तान्तरण

सफल खबर संवाददाता

शुक्रबार, ०३ फागुन २०७५, १९ : ३९
नेपाल क्यान्सर केयर फाउण्डेसनलाई कम्प्युटर हस्तान्तरण

काठमाडौँ । त्रिकोण एडभरटाइजिङ्ले क्यान्सर रोगको परीक्षणका लागि आवश्यक उपकरणसँग सम्बन्धित कम्प्युटर नेपाल क्यान्सर केयर फाउण्डेसनलाई हस्तान्तरण गरेको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा त्रिकोण एडभरटाइजिङका प्रमुख राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशील कुमार पन्तलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
सन् २०११ मा स्थापित फाउन्डेशनको सुरुवात मेडिकल र गैह्र मेडिकल क्षेत्रमा व्यवसायीक रूपमा स्थापित केही उद्यमी/व्यवसायीहरूको सक्रियतामा सन् २०११ माभएको थियो ।
फाउण्डेशनका कोषाध्यक्ष समेत रहेका अर्यालले फाउन्डेसनद्वारा निकट भविष्यमै सुरु हुन गइरहेको अल्ट्रासाउण्ड सेवा विस्तारका लागि आवश्यक पर्ने कम्प्युटर प्रदान गरेकाहुन् ।
कार्यक्रममा बोल्दै फाउण्डेशनकी महासचिव डा. सरिता घिमिरेले चन्दा तथा अनुदानले नभई व्यवसायिक–सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका पदाधिकारी तथा सदस्यहरूले गर्ने योगदानबाट संस्था सञ्चालन भइरहेको जानकारी दिइन् ।
फाउण्डेशनका अध्यक्ष सुशीलकुमार पन्तले क्यान्सर रोग नियन्त्रणको लागि फाउण्डेशनले तीन खण्डमा काम गरिरहेको बताए । फाउण्डेशनले अहिले पाठेघरको मुखको क्यान्सर, स्तनक्यान्सर र अल्ट्रासाउण्डको लागि काम गरिरहेको पन्तले जानकारी दिए ।
त्यस्तै फाउण्डेशनका कोषाध्यक्ष तथा त्रिकोण एडभरटाइजिङका प्रमुख राजेन्द्र अर्यालले समाजबाट केही प्राप्त गरिसकेपछि समाजलाई पनि केही दिनुपर्छ भन्ने अभिप्रायका साथ खुलेको फाउण्डेशनमा आफुले पनि सोही मनसायले योगदान गरेको बताए ।
 

प्रतिक्रिया दिनुहोस