गैँडाकोट । पूर्वी नवलपरको गैँडाकोट नगरपालिका वडा नंं. ३ स्थित बोक्राहा खोलामा पुल निर्माणको क्रममा आज विहान एक मजदुरको मृत्यु भएको छ ।
पुल निर्माण काम भईरहेका बेला माथिबाट आएको ढुङगाले थिच्दा घाईते भएका ठोरी गाँउपालिका वडा २ बस्ने ४५ वर्षीय रामुन बुढाथोकीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको इलका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिनुभयो । मृतकको भरतपुर अस्पतालमा पोष्टर्माटम गरेपछि परिवारले शव बुझेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ फागुन २०७५, २० : २१
लेखकबाट थप