एनआई सी एशिया बैंकमा एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क पाइने

सफल खबर संवाददाता

विहीबार, ०२ फागुन २०७५, १८ : ३८
एनआई सी एशिया बैंकमा एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क पाइने

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरुलाई उच्चतम सेवा दिने अभिप्रायले एनआई सी एशिया रेमिट मार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना सार्वजनिक गरेको छ । 
बैंकले यो योजना यही २०७५ साल फागुन र चैत्र दुई महिनाका लागि ल्याएको छ । यस अवधिमा बैंकका ग्राहकहरु तथा कुनै पनि व्यक्तिले एनआई एशिया रेमिट मार्फत नेपाल भरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त सक्नुहुनेछ । एनआईसी एशिया रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युन शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरु अझ बढि लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

एनआई सी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको मुलुकभर फैलिएको २७६ शाखा कार्यालयहरु, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६ हजार ७०० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यो सुविधाबाट ग्राहकहरुले पैसा पठाउँदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट पैसा पठाउन र निकाल्न सकिने बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस