सलमान खानको करिअरकै सबैभन्दा ठूलो प्रोजेक्ट ‘भारत’

बुधबार, ०१ फागुन २०७५, १४ : ५३
सलमान खानको करिअरकै सबैभन्दा ठूलो प्रोजेक्ट ‘भारत’

इदको अवसर पारेर रिलिजमा आउन लागेको बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को धमाधम छायंकनको काम भईरहेको छ ।
‘भारत’ लाई सलमानको अहिलेसम्मकै ठूलो प्रोजेक्ट र वर्ष २०१९ को सबैभन्दा ठूलो रिलिज मानिएको छ ।
फिल्मको धमाकेदार टिजर सार्वजनिक भइसकेको छ, जसमा दबंग खानको कयौं लुक्स देखाइएको छ । फिल्मको अली अब्बास जफरले निर्देशन गरेका हुन् ।
 
‘भारत’ लाई अन्य भाषामा पनि डब गरेर रिलिज गर्ने तयारी भइरहेको छ । मुम्बई मिररको रिपोर्ट अनुसार सलमान खान, कटरीना कैफ स्टारर फिल्म हिन्दी, तमिल, तेलुगू र मलयालममा पनि डब गरिनेछ ।
अलग अलग भाषामा फिल्मको डब गर्न अहिले डबिङ आर्टिस्टको खोजी भइरहेको छ । यसलाई भारतको घरेलू र इन्टरनेशनल मार्केटमा सलमान खानको अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज फिल्म बनाउने तयारीमा निर्माण टिम छ । अहिले भारतको फाइनल सेड्यूल मुम्बई स्थित फिल्म सिटीमा चलिरहेको छ ।
 
मुम्बईमा दिल्लीको सेट बनाइएको छ, जसको कुल लागत १० करोड आसपास रहेको बताइएको छ । क्लाइमेक्सका अनुसार, पूरा सेट लथालिङ्ग बनाइनेछ । क्लाइमेक्स सिक्वेन्समा सलमानसँगै ज्याकी श्राफ र तब्बू पनि हुनेछन् । ’भ्यालेन्टाइन डे’ को दिन सलमान खान र कटरीना कैफ, ज्याकी र तब्बूले साथमा सुटिङ गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस