एनसेल आक्जिएटा कर छली प्रकरण

सोह्र वर्षको खरिदबिक्री प्रकृया छानबीन गर्दै सरकार

सफल खबर संवाददाता

मंगलबार, २९ माघ २०७५, १२ : ४६
सोह्र वर्षको खरिदबिक्री प्रकृया छानबीन गर्दै सरकार

काठमाडौं । सरकारले एनसेलको सेयर हस्तान्तरण प्रकरण सुरु भएदेखि हालसम्मको खरिद बिक्रि प्रक्रियामाथि छानविन अघि बढाएको छ । संसद्को अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्पाइस नेपाल प्रालि स्थापनाकालदेखि बाह्रौं पटकसम्म सेयर हस्तान्तरणका क्रममा भएका निर्णयको विवरण र त्यसक्रममा सं‌लग्न पदाधिकारी तथा नेपाल सरकारका कर्मचारीबारे समेत खोजी भइरहेको जानकारी दिनुभयो ।

पटक पटक शेयर खरिद बिक्रि गरी कर छलेको देखिएपछि सरकारले सुरुदेखि हालसम्मको सवै प्रक्रियामाथि छानविन अघि बढाएको अर्थमन्त्री डा. खतिवडाले यस्तो जानकारी दिनु भएको हो ।
अर्थमन्त्री खतिवडाका अनुसार एनसेलको शेयर हस्तान्तरण प्रकरण शुरु भएको २०५८ देखि २०७४ सालसम्मको खरिद विक्री प्रक्रियामाथि छानबिन अघि बढाइएको छ । समितिका सदस्यहरुको प्रश्नको उत्तर दिँदै मन्त्री खतिवडाले २०५८ देखि २०७४ सम्मको एनसेल किनबेचको सबै विवरण एकीकृत गर्ने काम भइरहेको जनाउनु भएको हो । सरकारले एनसेलको सेयर हस्तान्तरण प्रकरण सुरु भएदेखि हालसम्मको खरिद बिक्रि प्रक्रियामाथि छानविन अघि बढाएको छ । पटक पटक शेयर खरिद बिक्रि गरी कर छलेको देखिएपछि सरकारले सुरुदेखि हालसम्मको सवै प्रक्रियामाथि छानविन अघि बढाएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभएको हो ।

‘यो अवधिमा कतिपय पुँजीगत लाभकर तिरिएका छन् त कतिपय अवस्थामा तिरिएका छैनन्। कतिपय अक्सनमा कारोबार गरिएका छन् । अक्सनमा कारोबार गर्दा करको दायरामा आउँदैनन् भन्ने पनि छ,’ बैठकमा अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘कतिपय कारोबार अक्सनमा बाहिर जान्छन् र कतिपय अक्सनमै फिर्ता आउँछन् । यो किन हुन्छ त रु यसलाई अहिले नै छली भनिहाल्दिनँ, छलिएको छ वा छैन त्यो छानबिनपछि आउला ।’ अर्थमन्त्री खतिवडाका अनुसार एनसेलको शेयर हस्तान्तरण प्रकरण शुरु भएको २०५८ देखि २०७४ सालसम्मको खरिद विक्री प्रक्रियामाथि छानबिन अघि बढाइएको छ ।

संसद्को अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले स्पाइस नेपाल प्रालि स्थापनाकालदेखि बाह्रौं पटकसम्म सेयर हस्तान्तरणका क्रममा भएका निर्णयको विवरण र त्यसक्रममा सं‌लग्न पदाधिकारी तथा नेपाल सरकारका कर्मचारीबारे समेत खोजी भइरहेको जानकारी दिनुभयो । समितिका सदस्यहरुको प्रश्नको उत्तर दिँदै मन्त्री खतिवडाले २०५८ देखि २०७४ सम्मको एनसेल किनबेचको सबै विवरण एकीकृत गर्ने काम भइरहेको जनाउनु भएको हो ।

‘यो अवधिमा कतिपय पुँजीगत लाभकर तिरिएका छन् त कतिपय अवस्थामा तिरिएका छैनन्। कतिपय अक्सनमा कारोबार गरिएका छन् । अक्सनमा कारोबार गर्दा करको दायरामा आउँदैनन् भन्ने पनि छ,’ बैठकमा अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘कतिपय कारोबार अक्सनमा बाहिर जान्छन् र कतिपय अक्सनमै फिर्ता आउँछन् । यो किन हुन्छ त रु यसलाई अहिले नै छली भनिहाल्दिनँ, छलिएको छ वा छैन त्यो छानबिनपछि आउला ।’

प्रतिक्रिया दिनुहोस