जलमार्ग दिनका लागि भारत सहमत

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, १५ : ५२
जलमार्ग दिनका लागि भारत सहमत

काठमाडौं । नेपाल र भारत वाणिज्य सन्धिमा जलमार्ग दिनका लागि भारत सहमत भएको छ । वाणिज्य सन्धि पुनरावलोकनका लागि पोखरामा बसेको द्विपक्षीय बैठकमा जलमार्ग (ईनल्याण्ड वाटरवेज) लाई पनि ट्रेड रुट (व्यापारिक मार्ग) मा समावेश गर्न सैद्धान्तिक सहमति भएको हो । यसअघि ट्रेड रुटमा सडक र रेलमार्ग मात्रै थिए ।

जलमार्गलाई ट्रान्जिट ट्रिटिमा राख्ने र ट्रेड रुट निशिश्चत गरेर जलमार्ग प्रयोग गर्ने विषयमा भारत सहमत भएको वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजुले जानकारी दिए । वाणिज्य सन्धि पुनरावलोकन गर्नका लागि पोखरामा बिहीबार र शुक्रबार छलफल भएको थियो । बैठकको नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर शैजु र भारतका वाणिज्य सहसचिव भुपेन्द्र भल्लाले नेतृत्व गरेका थिए ।

सैँजुले वाणिज्य सन्धिमा दुईवटा विषयलाई विशेष जोड दिइएको बताए । उनका अनुसार पहिलो अहिलेको वाणिज्य सन्धिमा केही प्रोभिजनहरु सुधार र समसामयिक बनाउन एउटा एउटा विषयमा डिटेलमा छलफल गरिएको थियो। यसैगरी निर्यातमा केहि सुविधाहरु पाए यहाँका उत्पादनसँग सम्बन्धी उद्योगहरु बढाउने विषयमा पनि छलफल भएको थियो। उद्योगको उत्पादन बढाउन सकिए व्यापारघाटाको असन्तुलन कम गराउन सकिने सैँजुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस