बिग बास लिग

सन्दीप र म्याक्सवेल चम्किएपछि मेलबर्न स्टार्स सेमिफाइनलमा

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, १३ : ५६
सन्दीप र म्याक्सवेल चम्किएपछि मेलबर्न स्टार्स सेमिफाइनलमा

काठमाडौं । सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेर बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो । पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । म्याक्सवेलले ४३ बलमा ८२ रन बनाए । कप्तान ग्लेन म्याक्सवेलको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शन मद्दतमा मेलवर्न स्टार्स सिड्नी सिक्सर्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

लिगको अन्तिम खेलमा स्टार्सले सेमिफाइनल पुगिसकेको सिक्सर्सलाई ९४ रनले पराजित गर्दा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले ३ विकेट लिए। ३।४ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए । आफ्नो पहिलो ओभरमा टोम कुरानलाई एल्बिडब्लू धरापमा पारेका उनले अर्को पोभरमा बेन ड्वारसुइसलाई कप्तान म्याक्सवेलको हातबाट क्याच आउट गराए । सन्दीपले चौथो ओभरको चौथो बलमा लोयड पोपलाई आउट गराएपछि सिड्नी सिक्सर्स अलआउट भयो ।

जितपछि स्टार्सले १४ खेलबाट ७ जितसहित १४ अक नै जोड्यो भने चौथो स्थानमा रहँदै सेमफाइनल पुग्यो। स्टार्सले अब फाइनल प्रवेशका लागि लिगमा पहिलो स्थानमा रहेको होवार्ट हुरिकेनसँग खेल्नेछ। पहिलो सेमिफाइनल बिहीबार हुनेछ।

 

प्रतिक्रिया दिनुहोस