प्रचण्डको अभिव्यक्तिले नेकपामा हल्लीखल्ली

सफल खबर संवाददाता

शनिबार, २६ माघ २०७५, २० : ५५
प्रचण्डको अभिव्यक्तिले नेकपामा हल्लीखल्ली

काण्डमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिले प्रचण्डको अभिव्यक्तिले नेकपामा हल्लीखल्ली मच्चिएको छ ।
प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिनुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भई दिएको हुन सक्ने राजनीतिक विशलेषकहरुले बताउँछन् । कतिपयले सत्तारुढ नेकपामा फुट आउन लागेको त होइन भन्ने आशंका समेत गरेका छन् ।
भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका थिए ।
तर, प्रचण्डलाई नजिकबाट चिन्ने नेताहरु भने यो अभिव्यक्ति त्यो स्तरको नभएको बताउँछन् । तर, प्रचण्ड प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको स्वीकार गर्छन् ।
एमाले र माओवादीबीच पार्टी एकता गर्दा नेकपामा दुबै अध्यक्ष कायम रहने साझा सहमति थियो । आलोपालोको भद्र सहमति पनि भएको नेताहरु बताउँछन् । यो सहमति कार्यन्वन गर्न संकेत समेत दिएको हुन सक्ने जानकारहरु बताउँछन् ।
तर, एकीकृत पार्टीमा ओलीले एकलौटी गरेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । प्रधानमन्त्री समेत भएकाले प्रचण्ड सहयोगी जस्तो मात्र देखिनु स्वभाविक भएपछि ओलीले पार्टी र सरकार सञ्चालनमा एकलौटी गर्न खोजेको उनीहरु बताउँछन् ।
एक टेलिभिजन अन्तर्वार्तामा ओलीले भेनेजुएला प्रकरणमा प्रचण्डले जारी गरेको वक्तव्य चिप्लिएको मात्र भनेनन्, ‘एक जना साथीले दिएको वक्तव्य’ भनेपछि प्रचण्ड असन्तुष्ट बनेको निकटवर्तीहरु बताउँछन् । एक नेताले भने, ‘प्रचण्डले नेकपामा अर्का अध्यक्ष पनि छ भन्ने सन्देश दिनु भएको हो ।’
‘अर्को माओवादी जन्मिन्छ’ भन्ने उनको अभिव्यक्तिले सरकारलाई दबावसँगै अन्तराष्ट्रिय समुदायलाई पनि जवाफ भएको प्रचण्ड निकट पूर्व माओवादी नेताहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस