ट्रकको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०७५, १९ : ५७
ट्रकको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु

file photo

चितवन । ठोरी माडी हुलाकी सडकखण्डको भरतपुर ८ सिताराम चोकमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
आज साँझ भरतपुरबाट गितानगरतर्फ जादै गरेको ना ४२ प ४२३ को मोटरसाईकलाई सोही दिशाबाट आएको ना ४ ख ४९८२ नम्बरको ट्रकले ठक्कर दिदाँ विपरित दिशाबाट आएको ना ७ ख १५६० को सिटि बसले ठक्कर दिदाँ भरतपुर १३ का अम्बिका कोइराला र उनका श्रीमान सुकदेव कोइरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिलसिंह राठौरले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रकहरुलाई  प्रहरीले नियन्त्रणमा लिइएकोे छ ।

 

प्रतिक्रिया दिनुहोस