काठमाडौं । क्यान्सर एक यस्तो रोग हो धेरै यसको नाम सुन्न डराउँछन् । अस्वस्थ जीवनशैलीले गर्दा मानिसको शरीर स्वास्थ्यको हिसाबले जति जोखिममा छन्, अस्वस्थ जीवनशैलीले क्यान्सरको जोखिम पनि उतिनै बढ्दै गएको छ । नेशनल हेल्थ सर्भिसको रिपोर्ट अनुसार हाल तीन जना मध्ये एक जनामा केही न केही क्यान्सर हुने जोखिम रहेको बताएको छ । रिपोटका अनुसार बेलायतमा ब्रेस्ट, फोक्सो, प्रोस्टेट तथा पेटको क्यान्सर हुने संख्या धेरै छ । क्यान्सर २०० भन्दा धेरै प्रकार हुन्छन् । तर क्यान्सर को सुरुवाती लक्षणहरू धेरैले थाहा नपाउन सक्छन् । वेलायतमा गरिएको क्यान्सर रिसर्च रातको समयमा धेरै पसिना आउछ भने त्यो क्यान्सरको सुरुवाती लक्षण भएको बताएको छ ।
यस्तै शरीरमा केही इन्फेक्सन छैन वा कुनै प्रकारको औषधिको साइड इफेक्सन छैन र रातको समयमा धेरै पसिना आएको हो भने क्यान्सरको सुरुवाती प्रमुख लक्षण हुने गरेको अनुसन्धानले जनाएको हो । तर महिलामा मनोपज पछि को उमेरमा भने धेरै पसिना आ उने गर्छ । यदि लामो समयसम्म रातिको समयमा धेरै पसिना आउँछ भने समयमा नै चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । राति धेरै पसिना आउनेलाई लिम्फोमा, ल्यूकेमिया, मेसोथेलियोमा तथा हड्डीको क्यान्सर हुने जोखिम हुन्छ । ल्यूकेमिया क्यान्सरका रगतको कोशि का प्रभावित हुने हुँदा छालाको रंगको परिवर्तन भइरहन्छ र पसिना धेरै आउने गर्छ । यस्तै हड्डीको क्यान्सरको सुरुवाती लक्षणमा भने हातखुट्टा धेरै दुख्ने तथा तौल घट्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस