माओवादीलाई सिध्याइहालियो भनेर ठाने देशमा फेरि अर्काे द्वन्द्व हुन सक्ने प्रचण्डको चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०७५, १७ : ०१
माओवादीलाई सिध्याइहालियो भनेर ठाने देशमा फेरि अर्काे द्वन्द्व हुन सक्ने प्रचण्डको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘माओवादीलाई सिध्याइहालियो भनेर  ठानियो भने देशमा फेरि अर्काे द्वन्द्व हुन सक्ने चेतावनी दिएका छन् । 
 
काठमाडौंमामा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले  भने, ‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’

प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् ।  ‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ,’ उनले भने, ‘परिकल्पना गरौँ, त्यो कति भयानक होला रु अबको नेपालले त्यो धान्न सक्ला ?’

नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि जनाए । 

हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए ।

तर, पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्नेतिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए । ‘त्यही मर्म अनुसार हामी अघि बढिरहेका छौँ ?,’ प्रचण्डले प्रश्न गरे, ‘नयाँ बनेका ऐनहरुले हिजोको स्थितिको वा हिजोको मर्म बोध गरेका छन् त ?’

प्रतिक्रिया दिनुहोस