नारायणी बराह ज्वेलरीद्वारा ट्राफिक कार्यालय चितवनलाई ब्रेथलाइजर सहयोग

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०७५, १६ : ४१
नारायणी बराह ज्वेलरीद्वारा ट्राफिक कार्यालय चितवनलाई  ब्रेथलाइजर सहयोग

भरतपुर । नारायणी बराह ज्वेलरी नारायणगढले जिल्ला ट्राफिक कार्यालय चितवनलाई मापसे परीक्षणका लागि ब्रेथलाइजर उपकरण सहयोग गरेको छ ।
मंगलबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित समुदाय–प्रहरी कार्यक्रम अन्तर्गत सवारीको यान्त्रिक परीक्षण र चालकहरुको आँखा तथा स्वास्थ्य परीक्षण कार्यक्रममा नारायणी बराह ज्वेलरीका  चितवन प्रमुख शरण लामिछानेले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई हस्तान्तरण गर्नुभयो ।
ट्राफिक प्रहरीलाई मापसे परीक्षण गर्न सहज भन्ने उदेश्यले डिजिटल ब्रेथलाइजर उपकरण सहयोग गरेको लामिछानेले बताउनुभयो । उपकरणको अभावमा ट्राफिकलाई मापसे परीक्षण गर्न समेत समस्या हुँदै गएको सूचना पाएपछि संस्थाले सहयोग गरेको उहाँको भनाई छ । यो ब्रेथलाइजर उपकरणको बजार मूल्य १ लाख ५० हजार छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा यसअघिका ब्रेथलाइजर उपकरणले मापसेको रिर्पोट प्रिन्ट गर्दैन थियो । यो डिजिटल ब्रेथलाइजरले मापसे कति मात्रमा गरेको छ भन्ने तुरुन्तै प्रिन्ट दिने गर्दछ ।
जिल्ला ट्राफिक कार्यालय चितवनमा अहिले ५ वटा मात्र मापसे परीक्षणका लागि ब्रथलाइजर उपकरण रहेको ट्राफिक प्रमुख वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मापसे चेकजाँच गर्न उपकरण अभावका कारण अहिले पनि मुख सुघ्नु पर्ने अवस्था छ । गौतमले चितवनमा मापसे सेवन गरी मोटरसाईकल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढी भएको बताउनुभयो । कार्यालयलाई ब्रेथलाइजरको अभावका कारण चेकजाँच गर्न समस्या भइरहको जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस