यस्ता छन् अकबरे खुर्सानीका फाइदाहरु

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०७५, १६ : २३
यस्ता छन् अकबरे खुर्सानीका फाइदाहरु

काठमाडौं । कसैलाई भान्सामा खुर्सानी नभई भाग नै रुच्दैन । यसैले जहिलै खुर्सानी किन्न बजार जाने गर्दछन् । तपाई पनि खुर्सानी किन्न जानुहुन्छ भने याद राख्नुहोस् तपाईले छनोट गर्ने कुनै खुर्सानी अमृत हो भने कुनै विष हो । खुर्सानी खानू स्वास्थ्यका कारण राम्रो मानिन्न ।

चिल्लो पिरो कम गर्नुहोला भनेर चिकित्सकले भन्ने गर्नुहुन्छ । तर तपाई हामीलाई यो जानकारी हुन जरुरी छ की चिकित्सकको रोजाई र स्वास्थ्य क्षेत्रले नै प्रमाणित गरेको कुरा यो छ की अकबरे खुर्सानी भने मानिसका लागि अति नै उपयोगी हो । जुन तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरू पनि छन् ।

- मोटोपन घटाउछ ।
- रगतमा चिनीको मात्रा घटाउछ ।
- पिसावको बिरामीलाई लाभदायक हुन्छ ।
- हाडजोर्नी लगायतका दुखाइ घटाउछ ।
- विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
- थकाइ पनि मेटाउछ ।

प्रतिक्रिया दिनुहोस