विरामीको मृत्यु भएपछि चितवनको मनकामना अस्पतालमा तोडफोड

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०७५, १६ : ०६
विरामीको मृत्यु भएपछि चितवनको मनकामना अस्पतालमा तोडफोड

चितवन । मनकामना अस्पताल भरतपुरमा उपचाररत एक जनाको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ । उपचारको क्रममा डक्टरले लापरवाही गरेका कारण विरामीको मृत्यु भएको आरोप लगउँदै मृतकका आफन्तले तोडफोड गरेका हुन् ।
भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षिय कृष्ण प्रसाद भुसालको शुक्रबार दिउँसो ०१ः१०बजे मृत्यु भएको थियो । रुखको घाँस काट्ने क्रममा लडेका भुसाललाई शुक्रबार विहान १२ बजे अस्पताल ल्याइएको थियो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सुशिलसिंह राठौरका अनुसार भुसालको मृत्यु भएपछि आक्रोशित आफन्तजनले अस्पतालको सोधपुछ कक्षमा तोडफोड गरेका छन् । तोडफोडबाट सिसा र डस्विनहरु फुटेको छ । तर कति नोक्सान भएको छ भनि एकिङ्ग तथ्याङ्क आइ नसकेको उहाँले बताउनु भयो । तोडफोडमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस