मुखको क्यान्सर र यसको रोकथाम

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०७५, १४ : २७
मुखको क्यान्सर र यसको रोकथाम

चितवन । मुखको क्यान्सर भन्नाले सामान्यतयाः ओठ, गिजा, जिव्रो, गलाको भित्री सतह, तालु, ¥यालग्रन्थी आदिको क्यान्सर हुन् । विश्वमा मुखको क्यान्सर धेरै हुने क्यान्सरहरु मध्ये अग्रपङ्क्तिमा पर्दछ । मुखमा हुने क्यान्सर मध्ये ९० प्रतिशत भन्दा धेरै सतहमा हुने कोषिकाबाट सुरु हुने किसिमका हुन्छन् । टाउको तथा घाँटीका क्यान्सरको संख्या एसियाली महादेशमा अग्रस्थानमा छन् । यस मध्ये ४० देखि ५० प्रतिशत मुखको क्यान्सर पर्दछन् । नेपालमा यो क्यान्सर करिब ३२ प्रतिशत रहेको छ । मुखको क्यान्सर विकासशिल मुलुकको गम्भीर समस्या हो ।

कारक तत्वहरु 
मुखको क्यान्सर हुनमा सबैभन्दा प्रमुख कारणमा सुर्तीजन्य पदार्थको सेवन, पान मसला र नियमित मद्यपान हो । मुखको केही क्यान्सर एक प्रकारको विषाणु ९ज्गmबल एबउष्िियmब० को उपस्थिति मुखमा भएपनि हुन्छ । हरियो ताजा साग सब्जी र फलफुलको कम सेवनको कारणले अरु क्यान्सर जस्तै मुखको क्यान्सर हुने सम्भावना ज्यादा हुन्छ । भारतीय उपमहाद्विपमा सुर्तीजन्य पदार्थ, पान, पान–मसला, सुपारी इत्यादिको सेवन धेरै हुने हुनाले मुखको क्यान्सर अत्याधिक पाइन्छ । यी पदार्थहरुको सेवनको अवधि, मात्रा र एकभन्दा धेरै पदार्थको संयुक्त सेवनले मुखको क्यान्सर हुनमा महत्वपूर्ण भूमिका खेल्दछ । कहिलेकाँही माथी भनिएका पदार्थको प्रत्यक्ष उपस्थिति नभएता पनि वातावरणमा पाइने अन्य प्रदुषित क्यान्सर कारक पदार्थहरुको कारणले मुखको क्यान्सर हुन सक्दछ ।

मुखको क्यान्सर उमेर र लिङ्गसँग पनि सम्बन्धित देखिएको छ । यो क्यान्सर ४० वर्ष नाघेका पुरुषहरुमा धेरै देखिन्छ । संसारमा औैसत आयुको बढोत्तरीले पनि यो क्यान्सर धेरै भएको हो । मुखको क्यान्सर ३० वर्ष उमेर समूहका पुरुषहरुमा प्रति एक लाख ७ जनालाई हुन्छ भने ६० वर्ष उमेर समूहमा ८० जना पुरुषलाई हुन्छ । यो क्यान्सर महिलालाई भन्दा पुरुषलाई ५ गुणा धेरै देखिएको छ ।

लक्षण तथा चिन्हहरु
मुखको क्यान्सर प्रकृति अनुसार लक्षण तथा चिन्ह धेरै प्रकारका हुन सक्दछ । यसमा भएको बिबिरा, अल्सर मुखको सतहभित्र वा बाहिर हुन सक्दछ । यसको वास्तविक स्थिति र स्वरुप थाहा पाउन मासुको जाँच गर्नुपर्दछ । लगातारको दुखाई, रक्तस्राव हुनु, दुईहप्ता भन्दा धेरै समयसम्म मुखमा भएका घाउ निको नभएमा क्यान्सरको शंका गर्नुपर्दछ ।
१) मुखको क्यान्सर प्रारम्भिक अवस्थामा रातो वा सेतो विविरा हुन सक्दछ । यिनिहरु मध्ये कुनै छिटो बढ्ने र कुनै विस्तारै बढ्ने प्रकारको हुन्छन् ।

रोकथाम
१) सुर्तीजन्य तथा मदिराजन्य पदार्थ नखाने । पान, सुपारी, चुन, सुर्ती मिसाएको पान नखाने ।
२) मुखको क्यान्सरको उपचारको प्रभावकारिता यसको कुन समयमा निदानमा भएको छ त्यसमा निर्भर पर्दछ । त्यसैले बेला बेलामा मुखको जाँच गराउने, नक्कली नमिलेका दाँत वा भाँचिएको दाँत छन्् भने र दुखाई भै रहेको छ भने ढिलो नगरि जँचाउनु पर्दछ । 
३) मुखको स्वास्थ्यलाई रक्षा गर्न धेरै तातो वा चिसो खाना खान हुँदैन । यसले मुखका तन्तुहरुलाई उत्तेजित गराउँछ र क्यान्सर गराउन सहायक हुन सक्दछ ।
४) आवश्यक मात्रामा पोषणयुक्त सन्तुलित खाना खानु पर्दछ । हरियो ताजा साग सब्जी, फलफूल पर्याप्त मात्रामा खाएमा करिव ८० प्रतिशत मुखको क्यान्सरको रोकथाम हुन सक्दछ ।
५) टुप्पो भाँचिएको, जरामात्र रहेको, नमिलेको दाँत उखेल्नु पर्दछ ।
६) मुखको सरसफाई र दाँतमा हरेक खाना पछाडि ब्रस गर्नुपर्दछ ।
७) मुखमा कुनै पनि बिबिरो, दाग देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिई उपचारमा ढिलाई गर्नु हुँदैन ।
८) अनावश्यक लामो समयसम्म ओठको क्यान्सरमा प्रकाश नपार्ने । 

- बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग

प्रतिक्रिया दिनुहोस