मेरी स्टोप्सको नयाँ भवन उद्घाटन

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०७५, १७ : २०
मेरी स्टोप्सको नयाँ भवन उद्घाटन

चितवन । परिवार नियोजन र सुरक्षित गर्भपतनको सेवा दिँदै आएको मेरी स्टोप्सको नारायणगढमा बनेको नयाँ भवनको आज उद्घाटन गरिएको छ । थप सेवा प्रदान गर्न नयाँ भवन निर्माण गरिएको मेरी स्टोप्स नेपालका प्रमुख सोफिया हडरले बताउनुभयो । 
मेरी स्टोप्सको नयाँ भवनको उद्घाटन भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा उपप्रमुख पार्वती शाहले भरतपुर महानगरलाई मेडिकल सिटीको रुपमा विकास गरिरहँदा मेरी स्टोप्सजस्ता स्वास्थ्य संस्थाहरुको मुख्य भूमिका रहने बताउनुभयो । 
भरतपुर–१ नारायणी नदी किनारमा रहेको मेरी स्टोप्सलाई प्रिमियरको रुपमा अगाडि बढाइने स्टोप्सका प्रमुख हडरले जानकारी दिनुभयो । मेरी स्टोप्स नारायणगढले परियार नियोजन, सुरक्षित गर्भपतन, अल्ट्रा साउण्ड, खोप सेवा, यौन तथा प्रजनन्लगायतका सेवा दिइरहेको छ । 
मेरी स्टोप्सले काठमाडौँ, विराटनगर, चितवनमा नयाँ भवनमा थप सेवा दिन सुरु गरेको छ भने पोखरा, दाङलगायतका ठाउँमा सेवा थप्ने जनाएको छ । नयाँ भवनमा फार्मेसी ल्याबलगायतका सेवा दिइने मेरी स्टोप्सका सत्यजित प्रधानले जानकारी दिनुभयो । मेरी स्टोप्सले २० वर्षदेखि नेपालमा सेवा दिइरहेको छ । 

प्रतिक्रिया दिनुहोस