चिन्ता लिनुहुन्छ ? यी हुन् ४ उपाय जस्ले चिन्ता नियन्त्रण गर्छ

शनिबार, १९ माघ २०७५, ०८ : ४६
चिन्ता लिनुहुन्छ ? यी हुन् ४ उपाय जस्ले चिन्ता नियन्त्रण गर्छ

काठमाडौ । मानिसहरु विभिन्न कारणले चिन्तामा रहन्छन् । कहिले स–साना कुराले पनि चिन्ता रहन्छन् भने कहिले ठुलो कुराले पनि चिन्तामा पर्नु स्वभाविक हो । हुन त चिन्ता र डर मानिसको भावनासँग जोडिएको सामान्य प्रक्रिया हो ।

जागिर छुट्दा, परिवारको खराब स्वास्थ्य अवस्था र अन्य कारणले मानिस चिन्तामा पर्ने गर्छ । तर, यस्ता कुरालाई नकारात्मक रूपमा लिनुहुँदैन । चिन्ताको विषयलाई आफूमा हावी हुन पनि दिनुहुँदैन । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ । तर,चिन्तालाई नियन्त्रण गर्न अर्थात छुटकारा पाउन निम्न लिखित ४ वटा उपाय  अपनाउनुपर्छः–

–चिन्तालाई नियन्त्रणमा राख्न विचार, भावना र व्यवहारजस्ता शृंखलाबद्ध हुने तीन लक्षणबारे सचेत हुनुपर्छ । यस्ता लक्षणबाट छुटकारा पाउन ती विषयमा धेरै ध्यान दिनुहुँदैन ।

–शारीरिक लक्षणबाट बाहिर निस्कनका लागि विभिन्न रिल्याक्सेसनका व्यायाम गर्न सकिन्छ ।

–युट्युबमा प्रोग्रेसिभ मस्कुलर रिल्याक्सेसन सर्च गरेर हेर्न सकिन्छ । यसरी तनावलाई टाढा राख्ने कारणलाई आफ्नो जीवनमा लागू गर्नुपर्ने हुन्छ ।

–जुन सयम आफूसँग बढी प्रश्न गरिन्छ वा कुनै कुराले झन्झट सिर्जना गरेको छ भने आफ्नो ध्यान त्यसबाट अन्तै मोड्ने गर्नुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस