एजेन्सी । उत्तर कोरियाली नेता किम जोंग उनले आफ्नो फेशन उत्पादन सार्वजनिक गरेका छन् । लामो समयसम्म भोकमरीसँग जुधिरहेको आफ्नो देशमा किमले यस्तो डिजाइनर पहिरन सार्वजनिक गरेका छन् जुन स्विमिङ, हाइकिङ र एड्भेन्चर रुचाउनेका लागि निकै सहयोगी हुनसक्छ ।
डेली मेलका अनुसार यी कपडा निकै विशेष छन् । यसलाई भोक लागेको खण्डमा खान पनि सकिन्छ । किम क्लोदिङ रिसर्च सेन्टरमा बनेका यी कपडलाई फ्लेनलेट फेब्रिकले बनाइएको छ । यो फेब्रिक प्रोटिन, एमिनो एसिड, फ्रुट जुस, म्याग्नेसियम, आइरन र क्याल्सियमले बनेको छ ।
पुरुषका लागि डिजाइन गरिएको ज्याकेट, महिलाका लागि डिजाइन गरिएका गुची ब्रान्डजस्तै देखिने ब्याग खान मिल्छ ।
कपडाको क्याटलग पनि राम्रो तरिकाले डिजाइन गरिएको छ । यसमा किमद्वारा लञ्च गरिएको कपडालाई स्मार्ट क्लोदिङ बताइएको छ । कपडामा राखिएको इन्टेलिजेन्ट स्लिभ (बाहुला)ले मानव शरिरको स्वास्थ्यबारे जानकारी दिने उक्त क्याटलगमा बताइएको छ । साथै, भोकमरीको अवस्थामा यसलाई खाएर ज्यानसमेत बचाउन सकिन्छ ।
क्याटलगमा स्मार्टफोन चलाइरहेका मोडल र ब्याग बोकिरहेका पुरुष मोडल देखाइएका छन् ।
एलेक सिग्ले, उत्तर कोरियामा तन्गिल टुर चलाउनेले द मिररलाई भने, ‘केटाहरुको ब्याग प्योंगयांगमा ट्रेन्डसमेत भइरहेको छ ।’
महिलाको क्याटलगबारे उनले भने, ‘केही फेसन निकै पुराना छन् । मेरा चीनियाँ साथीले यी फेसन चीनमा ९० को दशकमा अपनाउने गरेको बताए ।’
‘तर उत्तर कोरियाका लागि भने यो निकै आधुनिक फेसन हो ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १५ माघ २०७५, १६ : ३०
लेखकबाट थप