विद्युतमा बेथिति : भाग २

विद्युत प्राधिकरण भरतपुर : बक्यौताको तथ्याङ्क बाहिर ल्याउन चाहँदैन

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०७५, ११ : ५१
विद्युत प्राधिकरण भरतपुर : बक्यौताको तथ्याङ्क बाहिर ल्याउन चाहँदैन

चितवन । सूचना पाउने हरेक नागरिकको अधिकार हो । नेपालको संविधान २०७२ ले सूचनाको हकलाई नागरिकका मौलिक हकको रूपमा व्यवस्थित गरेको छ । सूचना मागेको खण्डमा सरकारी कार्यालयले निश्चित समयमा उपलब्ध गराउनु पर्छ । विद्युत प्राधिकरण भरतपुर शाखाले सूचना माग्न गएका पत्रकारलाई सूचना दिन आनकानी गर्ने गरेको छ । सूचना दिएपनि पूर्ण विवरण दिँदैन ।

विद्युत प्राधिकरण भरतपुरका लेखा अधिकृत विष्णुबहादुर राजथला बक्यौता तिर्न बाँकी ग्राहकको नाम र रकम दिएपनि ठेगाना दिन असहज महसुस गर्दछन् । उनले हामीलाई उपलब्ध गराएको बक्यौता तिर्न बाँकी केही सरकारी कार्यालयको नाम दिएका छैनन् । नापी कार्यालय भरतपुरले बक्यौता तिर्न बाँकी भएपनि उनले दिएको सूचीमा नाम छैन । त्यस्तै जिल्ला प्रहरी कार्यालयको पनि बक्यौता उठ्न बाँकी छ ।

लेखा अधिकृत राजथलालाई बक्यौताको सूची नदिन कार्यालयका प्रमुख सुरेशकुमार महतोले दबाव दिएको खुल्न आएको छ । उनले पटक पटकको अनुरोधमा केही ग्राहकहरुको नाम दिएका छन् । कार्यालय प्रमुख महतोले आफू राम्रो बन्नकै लागि यस्तो गर्ने गरेका छन् । बक्यौताको तथ्याङ्क लिन जादाँ विभिन्न बहाना बनाएर नदिने गरेको गुनासो आएसँगै सफल खबर टिम त्यहाँसम्म पुग्यो ।

लेखा अधिकृत राजथलाले तथ्याङ्क त निकाले, तर दिन मानेनन् । उनले सफ्टवेयरमा समस्या भएका कारण बक्यौता नभएकाहरुको सुची पनि बक्यौतामा देखिएकाले दिन नमिल्ने बताए । १० दिनपछि लेखा शाखाले तथ्याङ्क त दियो तर पूर्ण र पुष्ट दिएनन् । उसले केही सरकारी कार्यालय र उद्योगको बक्यौता रकमको विवरण दिएपनि व्यक्तिहरुको दिन समय नभएको भन्दै दिन मानेनन् ।

विद्युत प्रधिकरणले ग्राहकहरुलाई सहज ढङ्गबाट विद्युत महशुल तिर्नका लागि एप्स पनि लञ्च गरेको छ । तर विद्युत प्रधिकरणले आफ्नै कमजोरी हो भन्दै ४१ महिनासम्म विद्युत महशुल नतिरेका ग्राहकसँग महशुल रकम उठाउन सकेको छैन ।


यो पनि पढ्नुहोस्,
विद्युत प्राधिकरण भरतपुर : यी हुन् बक्यौता नतिर्ने चितवनका टप चौध ग्राहक

 

प्रतिक्रिया दिनुहोस