विद्युतमा बेथिति : भाग १

विद्युत प्राधिकरण भरतपुर : यी हुन् बक्यौता नतिर्ने चितवनका टप चौध ग्राहक

आइतबार, २२ पुस २०७५, १२ : ४१
विद्युत प्राधिकरण भरतपुर : यी हुन् बक्यौता नतिर्ने चितवनका टप चौध ग्राहक

चितवन : नेपाल विद्युत प्राधिकरण भरतपुर शाखा (वितरण केन्द्र) ले आफ्नै कमजोरीको कारण विद्युतको बक्यौता रकम उठाउन सकेको छैन । कात्तिकसम्म ५ सय ७० जना स्थानीयका घरमा ६ महिनासम्मको महसुल नतिरेको भन्दै लाइन काटिएको छ । तर प्रधिकरणले लाखौं रुपैयाँ नतिरेका सरकारी कार्यालय र उद्योगहरुको न त बक्यौता नै उठाउन सक्छ, न त विद्युत लाइन काट्न नै ।
विद्युत प्राधिकरण भरतपुर शाखाले सरकारी कार्यालयका प्रमुखसँग सम्बन्ध बिग्रिने त्रासका कारण लामो समयदेखि यस्तो गर्दै आइरहेको छ । प्रधिकरणले बक्यौताका लागि सरकारी कार्यालय र उद्योगलाई बारम्बार पत्रचारमात्रै गरेर आफ्नो समय खर्चिएको छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भनाई यहाँ साबित भएको छ । विद्युत काट्ने डरले सर्वसाधरणहरु विद्युत महशुल समयमै बुझाउँछन् तर यहाँ नियमन गर्ने सरकारी निकायहरु यो नियम मान्न तयार छैनन् । प्राधिकरणले यी उपभोक्ताहरुलाई हदैसम्मको छुट दिएर आफ्नो दायित्व पनि बिर्सिएको छ । यही छुट दिएकै मैकामा चौका हानिरहेका छन् । उनीहरु बक्यौता तिर्न चासो दिँदैनन् ।
यी हुन् बक्यौता नतिर्ने चितवनका चौध ग्राहक :
१) नारायणी लिफ्ट सिंचाई कार्यालय – १ करोड २१ लाख ८९ हजार ८ सय ६८
२) जिल्ला प्रशासन कार्यालय – ३ लाख ५ हजार २ सय ४८
३) जिल्ला समन्वय समिति – १ लाख ६ हजार ९ सय १४
४) कृषि तथा वन विज्ञान विश्वविद्यालय – २ लाख ८८ हजार ९ सय २५
५) मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र – १ लाख ८५ हजार ४ सय ८४
६) शिवानी एयरवेज – ४ लाख ८ हजार ७ सय २६
७) मुनाल कन्फेक्सनरी – १ लाख ३९ हजार २ सय १५
८) एसके इलोक्ट्रिसिटी – २ लाख ८२ हजार ५ सय ४ रुपैयाँ
९) मिलन राईस मिल – २ लाख ३ हजार ८ सय २२
१०) न्यू सन्जिव खाद्य उद्योग – १ लाख ९३ हजार १ सय ६
११) ओरिएन्टल ह्याचरी – १ लाख १७ हजार १ सय ७२
१२) चनौली शीत भण्डार – १ लाख २७ हजार ५ सय ३०
१३) समिट प्रिन्ट एण्ड पोलिट्याङ्क – १ लाख २४ हजार ९ सय ७७
१४) नारायणी एग्रो कम्पनी प्रालि – २ लाख ६४ हजार ३ सय ११

 

प्रतिक्रिया दिनुहोस